राष्ट्रिय जनावरकाे देशमा गाेवधकाे अभियाेग भाेगिरहेका 'अराष्ट्रिय मान्छे'हरू

शिलापत्र

काठमाडौं

२५ भदौदेखि १२ असोजसम्म सिद्धार्थ आर्ट ग्यालरीमा कलाकार सुवास तामाङको एकल चित्रकला प्रदर्शनी चलिरहेको थियो । ढोकाको छेवैमा उनले ‘एसेज अन काउ’ शीर्षकमा चार पेन्टिङ राखेका थिए । ठीक यसैबेला गौहत्याको  मुद्दा समाचारमा छाइरहेको थियो ।

गाई मारेर खाएको अरोपमा ४ असोजमा प्रहरीले मकवानपुरको बकैया-११, कालीदमारबाट १० जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा नौजना तामाङ र एक दलित थिए । भोलिपल्ट, ५ गते राति काठमाडौंको बालाजु प्रहरी टोलीले गाईको बाच्छो मारेर खाएको आरोपमा रसुवाका चार जनालाई पक्राउ गर्‍यो । यहाँ पनि पक्राउ पर्ने सबै तामाङ थिए ।

यसपछि मुक्तान थेवालगायतका अभियन्ताहरू गोवध प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राखेर सडकमा ओर्लिए । संविधानमा धर्म निरपेक्षता साथै सबैले बिना व्यवधान आफ्नो संस्कृति मान्न पाउने उल्लेख छ । गोमांस आफ्नो संस्कृतिको अभिन्न हिस्सा भएकाले गोवध बर्जित गर्न नपाइने उनीहरूको माग छ । यसले आफ्नो सांस्कृतिक स्वतन्त्रता कुण्ठित गरेको तर्क गर्दै संविधानको मर्मअनुसार आफ्नो संस्कृति मान्न पाउनुपर्ने माग उनीहरूले गरेका हुन् ।

प्रकाशित मिति: : 2021-11-15 19:47:00

प्रतिकृया दिनुहोस्