एमालेसँग प्रतिस्पर्धा गर्नसक्ने पार्टी नेपालमा छैन : विष्णु पौडेल

File Photo
File Photo

एमालेका उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले नेकपा एमालेसँग प्रतिस्पर्धा गर्नसक्ने पार्टी नेपालमा नभएको दावी गरेका छन्।

बर्दिबासमा आज प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पौडेलले यस्तो दावी गरेका हुन्।

‘एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएरै पाँचदलीय गठबन्धनको कुरा आएको हो’, पौडेलले भने, ‘तर हामी बहुमत ल्याउँछौँ, शक्तिसाली ५ बर्षीय सरकार बनाउँछौ र देश विकास गर्छौँ।’

एक अर्को प्रसगंमा नेता पौडेलले एमाले नफुटेको दावी पनि गरे।

उनले भने, ‘एमाले फुट्यो भनेर केहीकेहीले भ्रम फिजाई रहेका छन्। तर, केही अवसरवादीहरू एमालेबाट बाहिरिएका मात्रै हुन्, एमाले फुटेको छैन।’

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत सममजवादी) ले आगामी चुनावमा १ सिट समेत जित्न नसक्ने बताउँदै नेता पौडेलले अगाडि भने, ‘चुनावमा एकीकृत समाजवादीको सबैतिर जमानत जफत हुनेछ।’

प्रकाशित मिति: : 2021-11-16 16:55:00

प्रतिकृया दिनुहोस्