संसदीय व्यवस्था अफापसिद्ध भयो, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जाऊँ : सीपी मैनाली

शिलापत्र

जनक नेपाल

नेकपा मालेको आठौँ महाधिवेशनबाट नेता सीपी मैनाली पुनः पार्टी महासचिवमा दोहोरिएका छन् । नेतृत्व नफेरिए पनि महाधिवेशनबाट मालेको तत्कालीन कार्यदिशामा व्यापक हेरफेर गरेको छ । अहिलेको संसदीय व्यवस्था असफल भएको निष्कर्षसहित शासकीय सुधार, निर्वाचन प्रणाली, संघीयता, धर्मनिरपेक्षतामा नयाँ एजेण्डा लिएको छ । प्रस्तुत छ, नवनिर्वाचित महासचिव मैनालीसँग शिलापत्रकर्मी जनक नेपालले लिएको अन्तर्वार्ताको सम्पादित अंश : 

नेकपा (माले) को आठौँ महाधिवेशन भर्खरै सकियो । के–कस्ता नीति कार्यक्रम पारित गर्नुभयो ?

हामीले के विश्लेषण गर्‍यौँ भने जनवादी क्रान्ति टुंगिएको छैन । राजनीतिक परिवर्तन भए पनि अहिले पनि हामी जनवादी क्रान्तिको घेराभित्रै छौँ । हाम्रो आवश्यकता राष्ट्रिय पुँजी र साना पुँजीको विकास गर्नु हो । राष्ट्रिय स्वावलम्बनका आधारमा राष्ट्रिय पुँजी निर्माण गर्नु हो । यो कामलाई अगाडि बढाउने क्रममै पुरातन शक्तिहरू, सामन्तवादी शक्तिहरू, दलाल पुँजीवादी र बाहिरिया हस्तक्षेपकारी शक्ति, साम्राज्यवादी र विस्तारवादी शक्तिसँग जनताको वर्गीय र राजनीतिक अन्तरविरोध बढ्दै जान्छ । त्यसले समाजको परिवर्तनको वातावरण बनाउँछ । एउटा विश्लेषण गर्‍यौँ ।

अर्को, हामीले तेस्रोपटक सुधारेर ल्याइएको संसदीय प्रणाली पनि असफल भयो । सभामुखका कारण संसद् विवादमा छ । कार्यपालिकाले न्यायालयसँग भागबण्डामा सम्झौता गर्छ । भागबण्डाका आधारमा न्याय सम्पादन हुन्छ । न्यायालय, कार्यपालिका र संसद तीनै अंग शक्तिपृथकिकीकरणमा असफल भए, अधिकार सन्तुलन हुन सकेन । यो व्यवस्थाले नेपालमा डेलिभरी गर्न नसक्ने भयो भन्ने हाम्रो ठहर हो । त्यसैले यो व्यवस्थालाई खारेजीमा जान्छौँ ।

प्रकाशित मिति: : 2021-11-16 21:47:00

प्रतिकृया दिनुहोस्