गैरकानुनी रूपमा बन्छन् म्युजिक भिडियो, करार सम्झाैता नहुँदा फस्दैछन् निर्देशकदेखि कलाकारसम्म

शिलापत्र

दिप्सन लुइटेल

म्युजिक भिडियो सम्पादक प्रविण भट्टले दर्जनाैँ भिडियो सम्पादनकाे काम गरिसके । तर, काम गरेको सबै भिडियोबाट भने उनले कबाेल गरेकाे पारिश्रमिक पाएनन् । आफूले दुःख गरेको कामको पारिश्रमिक नपाउँदा उनी दुःखी छन् ।

शिलापत्रसँगको कुराकानीमा उनले भने, 'पारिश्रमिक नपाउने पीडा पहिला पनि थियो, अहिले पनि छँदैछ । दुःख नबुझिदिनेहरूलाई के नै भन्न सकिन्छ र ?'

प्रविण केही समय विनम्रतापूर्वक पारिश्रमिक माग्छन् । दिँदै नदिने पत्‍तो पाएपछि माग्नै छोडिदिन्छन् । 'कति चोटि माग्नु खोइ ? भन्दाभन्दा आफैँलाई लाज लाग्छ, अनि त्यसै छोडिदिन्छु,' उनले भने ।

पारिश्रमिक नपाउनुमा प्रविण पनि दोषी छन् । किनकि उनले सम्झौता गरेर काम नै गरेका हुँदैनन् । सम्झौता नहुँदा उजुरी गर्ने आधार हुन्न । अन्तत: टाउको समात्नुको विकल्‍प उनीसँग हुन्न ।

प्रकाशित मिति: : 2021-11-17 10:58:00

प्रतिकृया दिनुहोस्