इंग्ल्याण्ड प्रशिक्षक ग्यारेथ साउथगेटले सन् २०२४ सम्म रहने गरि इंग्ल्याण्ड फुटबल टोलीसँग सम्झौता नवीकरण गरेका छन्। ५१ वर्षीय प्रशिक्षक साउथगेटले सन् २०२४ डिसेम्बरसम्म टोलीसँगै रहने निर्णय गरेका हुन्।
यसअघि उनको सम्झौता कतार विश्वकप २०२२ सम्म रहेको थियो। साउथगेटले २०१६ नोभेम्बरबाट इंंग्ल्याण्डको राष्ट्रिय टोली हेर्दै आएका थिए।
उनको नेतृत्वमा इंग्ल्याण्ड पुरुष टोलीले ५५ बर्षपछि उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२० को युरो कपको फाइनल खेलेको थियो। यस्तै इंग्ल्याण्डले २८ वर्षपछि साउथगेटको नेतृत्वमा २०१८ को विश्वकपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो।
‘यो अवसर पाउनु ठुलो अवसर हो,’ साउथगेटले भनेका छन्।
सम्झौतासँगै साउथगेटले कतार विश्वकपका खेल र युरो कप २०२४ कालागि टोलीको प्रशिषण समाल्नेछन्। सहायक प्रशिक्षक स्टेभ हल्याण्डले समेत २०२४ सम्म सँगै रहने सम्झौतामा सहमती जनाएका छन्।