राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन घिमिरे

File Photo
File Photo

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन घिमिरे नेपाली नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’को लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो।

एएफसी ए लाइसेन्स प्राप्त ३३ वर्षीय प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए। महिला टोलीको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको अनुपस्थितिमा पूर्व खेलाडी चेतनले राष्ट्रिय टोली हेर्ने जिम्मा पाएका हुन्।

४ देशको सहभागिता रहने ‘फोर नेसन्स फुटबल प्रतियोगिता’ २३ मंसिरबाट पुस ६ गतेसम्म चल्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक भारत र थाइल्याण्डको टुंगो लागेको छ।

प्रकाशित मिति: : 2021-11-26 09:06:00

प्रतिकृया दिनुहोस्