कर्णालीको गरिबीमाथि वाइवाइ आतंक

शिलापत्र

काठमाडौँ

बाटुलेमा छ सानो चिया पसल। जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाको थलह बजारबाट हिँडेर कुशे गाउँपालिका जाने बाटोमा पर्छ। आपत् परेकाहरू जसोतसो यहाँ रात पनि बिताउँछन्।

नगरपालिका भए पनि गाडी चल्न सकेको छैन। थलहघाटमा पुल नबनेका कारण कात्तिक–मंसिरमा पनि हिँडेर कुशे जानुपर्ने बाध्यता छ।  छेडागाड नगरपालिकाभित्र पनि यही अवस्था छ, त्यो पुलका कारण। थलहबाट ५ घण्टा हिँडेपछि म र मेरो साथी दीपक बस्याल बाटुले पुगेर सो चिया पसलमा बसेका मात्र के थियौँ, अचम्मको दृश्य देखा पर्‍यो।

एक जना महिला पसिनापसिना भएर त्यो होटलमा आइपुगिन्। उनको साथमा थिए दुई बालबालिका। एक छोरा, एक छोरी। ९ र ११ वर्षका। तीनै जना जुम्ला गएर आएका थिए। मामाघर गएर आएका बालबालिका खुसी थिए। आमासँग पाँच घण्टा लगाएर थलहबाट बाटुले आउँदा पनि थकान थिएन। मामाघरको रमाइलो उनीहरूमा बाँकी नै थियो। तीनै जनाले होटलमा विश्राम गरे। थलहबाट आएका मात्र होइन, कुशेबाट आएकाहरू पनि विश्राम गर्ने र खाना, चिया खाने होटल हो यो। मगर होटल। ती महिलाले खाने कुरा मागिन् तीन जनालाई चाउचाउ। समय थियो बिहानको ११ बजे। यो बेला हो खाना खाने अर्थात् दाल, भात, तरकारी खाने।

प्रकाशित मिति: : 2021-11-26 10:03:00

प्रतिकृया दिनुहोस्