सर्वोच्च अदालतमा किन शुरु भयो गोला प्रक्रिया ?

अनलाइनखबर

काठमाडाैं

७० वर्ष लामो न्यायपालिकाको इतिहासमा बुधबारदेखि प्रधानन्यायाधीश एउटा महत्वपूर्ण अधिकारबाट बञ्चित हुदैछन् ।

सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रथाबाट पेशी तोक्नेसम्बन्धी निर्देशिका जारी गरेर सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीशहरुको इजलास गठन गरी मुद्दा तोक्ने अधिकार प्रधानन्यायाधीशबाट कटौती गरेको हो । यसबाट पेशी व्यवस्थापनमा देखिएका विकृति र विसंगति कम हुने न्याय क्षेत्रका सरोकारवालाहरुको भनाइ छ ।

बुधबारदेखि सर्वोच्च अदालतमा गोला प्रणालीबाट इजलास र मुद्दा तोक्ने व्यवस्था शुरु हुनेछ । गोला प्रक्रियामा भाग लिन सर्वोच्च अदालतका सबै न्यायाधीश विहान गोला प्रक्रिया शुरु हुने हलमा भेला भई गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुनेछ । गोला प्रणालीबारे एक्सप्लेनर :

प्रकाशित मिति: : 2021-11-30 22:00:00

प्रतिकृया दिनुहोस्