‘बोजु’ बोक्नेहरूको कथा- नेपालीलाई जहाँ पनि दुःख नै लेखेको रहेछ

अनलाइनखबर

काठमाडौँ

पीडा आ-आफ्नै छन्। देश घुम्दै जाँदा देखिन्छ। ती पीडाहरूलाई मल्हमपट्टी लगाउन नसके पनि,  तिनका वेदनालाई कोट्याउने गर्छु। राज्यले सम्बोधन गर्न सकोस् या नसकोस्, तर भुईंमान्छेहरूको भोगाइ र कर्मको साक्षी हुन म लेख्ने गर्छु। म घुम्छु देशलाई हेर्न। म घुम्छु बेला बेला देशको चित्र हेर्न। अनि लेख्छु भुईंमान्छेहरूको कथा।

यसै सन्दर्भमा आज म महाकाली पार गरेर धार्चुलामा बोजु बोक्नेहरूको कथा पस्कँदैछ । ‘बोजु बोक्ने’ अर्थात् भारी बोक्नेहरूको कथा।

दार्चुला यानिकी नेपालको सबैभन्दा सुदूरपश्चिमको जिल्ला। भारत र चीनसँग सीमा जोडिएको एउटा दूरदराजको नेपालको एउटा जिल्ला। लिपुलेक, लिम्पियाधुरा र कालापानीको बहसले बेलाबेलामा राष्ट्रिय मिडियाहरूमा चर्चा आइरहने एउटा जिल्ला। त्रि-देशीय नाका भएको जिल्ला। उत्तरपट्टिको सिमाना चीनसँग जोडिएको र जुन अग्ला हिमालहरूले छुट्याएको र भारतसँगको सीमा भने लिपुलेक, लिम्पियाधुरा र कालापानी उद्गमस्थल भएर आउने महाकाली नदीले छुट्याएको छ।

प्रकाशित मिति: : 2021-12-02 10:04:00

प्रतिकृया दिनुहोस्