लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा १६ वर्षीया सुप्रियाका चित्र

काठमाडौंप्रेस

प्रबिता श्रेष्ठ

एउटा वाइन ग्लासभित्र महिला छिन् । महिला ग्लासदेखि बाहिर निस्कन खोजिरहेको भान हुन्छ । तर, उनको शरीर ग्लासको साँघुरो भागमा अड्किएको छ । किनकि ग्लास कालो हातजस्तो देखिने आकृतिको कब्जामा छ । 

१६ वर्षीया सुप्रिया पाण्डेको चित्रकला हो यो । जसले मदिरा खाने पुरुषबाट महिलामाथि हुने हिंसाको विम्ब बोलेको छ । सुप्रियाले ‘फ्रम वुम्ब टु टम्ब’ अर्थात् ‘महिला हिंसा : भ्रूणदेखि घाटसम्म’ शीर्षकमा सोलो चित्रकला प्रदर्शन गरिन्, १६ मंसिरदेखि १८ मंसिरसम्म । जहाँ महिला हिंसा थिमका ३० वटा चित्रकला राखिएका थिए ।

अर्को चित्र थियो, एक गर्भवती महिलाको । जसमा गर्भभित्र भ्रूणको आकारमा रहेकी बालिका देख्न सकिन्छ । हाम्रो समाजमा छोरीको पहिचान गरी भ्रूणहत्या गर्नु नौलो होइन । समाजमा छोरा चाहनेले यसो गरिरहेको विभिन्न अनुसन्धानले देखाएका छन् । समाजमा छोरीलाई छोरा समान नमान्ने, अंश र वंश धान्न छोरा नै चाहिने मान्यता व्यापक छ । 

प्रकाशित मिति: : 2021-12-05 19:03:00

प्रतिकृया दिनुहोस्