सेरा नेपाल : पुर्ख्यौली पेसाको आधुनिकीकरण

एकतले घरको भुइँतलामा माटो (सेरामिक)का सामग्रीले सजाइएको छ। यो भक्तपुरको सिर्जनानगरस्थित ‘सेरा नेपाल’ नामक माटोको सामग्री बनाउने उद्योग हो। यसका संस्थापक हुन्, रत्नप्रसाद प्रजापति। यतिखेर रत्नको परिवार नै यस उद्योगमा खटेको छ। यहाँका सामानको मार्केटिङ रत्नका छोरा (विशाल) र छोरी (एलिना)ले हेर्छन्। रत्नका दम्पति र केही कामदारले माटोका सामग्री बनाउँछन्।

‘माटोको भाँडा बनाउने हाम्रो पुख्र्यौली पेसा हो। यसलाई लोप हुन नदिन केही नयाँपनका साथ व्यवसाय अगाडि बढाइरहेका छौँ। छोराछोरीले हामीलाई सघाइरहेका छन्,’ ५२ वर्षीय रत्न भन्छन्, ‘हामीलाई नयाँ प्रविधिको त्यति धेरै ज्ञान छैन। छोराछोरीले विभिन्न सामाजिक सञ्जालमा सेरा नेपालका बारेमा जानकारी दिने गरेका छन्। साथै गुगल म्यापमा पनि यहाँको लोकेसन दिएपछि यहाँ आउनेहरूका लागि धेरै सजिलो भएको छ।’

रत्नकी श्रीमती बिनाले उनको कुरामा समर्थन गर्दै भनिन्, ‘अहिले उनीहरू आफैँले यो काममा रुचि दिइरहेका छन्। हामीले उनीहरुलाई पहिलादेखि नै यस क्षेत्रमा प्रोत्साहन गरेको भए, उनीहरुले यसमा धेरै प्रगति गर्ने रहेछन्।’

प्रकाशित मिति: : 2021-12-06 13:36:00

प्रतिकृया दिनुहोस्