टी-२० विश्वकप छनोट: नेपाल समूह ‘ए’ मा

File Photo
File Photo

अस्ट्रेलियामा हुने तय भएको आइसीसी टी-२० पुरुष विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ। ओमानमा तय विश्वकपको ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन्।

समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन्। खेल सन् २०२२ को १५ देखि २५ फेब्रुअरीसम्म आयोजना हुनेछ। जिम्बाम्वेमा हुने तय भएको समूह ‘बी’ मा जिम्बाबेसहित हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवान्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन्। यो समूहका ८ देखि १८ जुलाईसम्म  हुनेछ।

ग्लोबल छनोटबाट दुवै समूहका शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन्। आयोजक अस्ट्रेलिया, साबिक विजेता न्युजिल्यान्ड, उपविजेता पाकिस्तान, इंग्ल्यान्ड, भारत, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेशले भने विश्वकपको सुपर १२ मा स्थान बनाइसकेका छन्।

वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्यान्डले भने विश्वकपमा स्थान बनाउन  ग्लोबल छनोटबाट आएका चार टोलीसँग खेल्नुपर्नेछ।
 

प्रकाशित मिति: : 2021-12-08 11:11:00

प्रतिकृया दिनुहोस्