अस्वस्थ प्रदीप गिरी र नरहरि आचार्य १४औँ महाधिवेशनमा उम्मेदवार होलान् ?

शिलापत्र

भागवत भट्टराई

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत  शनिबार उम्मेदवारी दर्ताको कार्यतालिका छ । १४औँ महाधिवेशनका लागि कांग्रेसका एक पछि अर्को नेताले उम्मेदवारी घोषणा गरिरहेका छन् । सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीहुँदै केन्द्रीय सदस्यको पदमा नेताहरूले एजेन्डासहित उम्मेदवारी घोषणा गरिरहेका छन् ।

पार्टीमा पुराना र बौद्धिक नेताहरूले कुन पदमा उम्मेदवारी दिँदैछन्, नेता कार्यकर्ताहरूलाई चासोको विषय रहने नै भयो । कांग्रेसमा बौद्धिक, प्रखर  र प्राज्ञिक व्यक्तिका रूपमा चिनिने दुई नेता हुन् नरहरि आचार्य र प्रदीप गिरी ।

नरहरि आचार्य विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई साथ दिएर अघि बढेका नेता हुन् । यद्यपि उनले गिरिजाविरुद्ध सभापतिमा उम्मेदवारी दिएका थिए भने सुशिल कोइरालाले दोस्रो पटक प्रधानमन्त्रीमा उम्मेदवारी दिँदा असहमति जनाएका थिए ।

प्रदीप गिरी कृष्णप्रसाद भट्टराई नजिकका नेताका रूपमा चिनिन्थे । गिरी गिरिजाको साथमा खासै देखिएनन् । पछि पनि गिरीलाई शेरबहादुर देउवाले साथ दिए । देउवाले पार्टी फुटाउने बेलामा पनि गिरी देउवाकै साथमा थिए ।

आचार्यले १४औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने बताएका छन् । 'अहिले मेरो उम्मेदवारी कुनै पनि पदमा रहने छैन,' उनले शिलापत्रसँग भने । उनले आफ्नो उम्मेदवारी नहुनुमा कुनै कारण बताउन चाहेनन् । 'म उम्मेदवार हुँदा एजेण्डासहित नै प्रस्तुत हुन्थेँ । अहिले कहीँ दाबी छैन, कारण खोज्नु परेन,' आचार्यले भने ।

प्रकाशित मिति: : 2021-12-09 22:03:00

प्रतिकृया दिनुहोस्