खैरेनीटारमा वडास्तरीय भलिबल

तनहुँको खैरेनीटारमा वडास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। लाङ्घाली  मगर समाजको आयोजनामा प्रथम लाङ्घाली मगर समाज एकान्कुना भलिबल कप सुरु भएको हो। 

प्रतियोगिताको उद्घाटन खेलमा शुक्लागण्डकी नगरपालिका-१० विजयी भएको छ।  भिमाद नगरपालिका-१ लाई ३-० को सोझो सेटमा पराजित गर्दै शुक्लागण्डकी-१० दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो। भिमाद-१ लाई २५-१८, २५-२१ र २५-२० को स्कोरमा पराजित गरेको हो। 

दोस्रो खेलमा भिमाद नगरपालिका-९ विजयी भएको छ। शुक्लागण्डकी-६ लाई ३-१ को सेटमा पराजित गर्दै भिमाद–९ विजयी भएको हो। भिमादले-९ ले २२-२५, २५-१८, २६-२४ र २८-२६ को स्कोरमा पराजित गर्न सफल भएको हो। 

प्रतियोगितामा तनहुँसँगै स्याङजा र नवलपुरका १२ टिम सहभागी छन्। विजेताले नगद ६० हजार रुपैयाँ पाउनेछ। दोस्रो, तेस्रो र चौथो हुने समूहले क्रमशः ४० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १० हजार रुपैयाँ पाउनेछन्। 
 

प्रकाशित मिति: : 2021-12-11 11:29:00

प्रतिकृया दिनुहोस्