‘महिलाको एकतिहाइ प्रतिनिधित्वले सभापति जितिँदैन, हामीले क्षमता देखाउन पाएनौँ’

नेपालको इतिहासमा नेपाली कांग्रेस पार्टी स्थापना भएको नै २००३ सालमा हो। स्थापनाको ७५ वर्षमा टेकिरहँदा १४औं महाधिवेशनको संघारमा उभिएका छौं। यी सबैलाई नियाल्दा हामीले सम्झनैपर्ने महिला नेतृत्वमा पर्नुहुन्छ, मंगलादेवी सिंह। उहाँले २००४ सालमा महिला संघको स्थापना गरेर महिला नेतृत्वमा आउनुपर्छ भनेर महिलाको राजनीतिक अधिकारका लागि लड्नुभएको थियो।

अर्को हुनुहुन्छ, द्वावारिकादेवी ठकुरानी, उहाँले कांग्रेसबाट २०१५ सालको आम निर्वाचनमा चुनाव जित्नुभएको थियो। उहाँ पहिलो महिला स्वास्थ्य सहायक राज्यमन्त्री हुनुभयो। त्यस्तै, उपसभापति बन्नुभएकी सुजाता आचार्यले पार्टी तथा सरकारभित्रका विकृति, विसंगतिभित्रको विरुद्धमा पनि लड्नुभएको थियो।

त्यस्तै, चित्रलेखा यादव पार्टीको उपसभामुख, कोषाध्यक्ष हुनुभयो। अहिलेसम्मको सेरोफेरोमा नेपाली कांग्रेसमा महिला नेतृको सहभागिताको घटना यही हो। कोषाध्यक्षसम्म सीमित भएका हामीलाई अब सहमहामन्त्रीको पदभित्र पनि प्रतिस्पर्धा देखिने भएको छ। विधान फेरिएको छ, प्रतिनिधित्व बढेको छ, तर नेतृत्व सीमित मात्रामा छ। खासै परिवर्तन भएको छैन। 

प्रकाशित मिति: : 2021-12-11 14:03:00

प्रतिकृया दिनुहोस्