११ वर्षीय रमितको नारा छ- कुलतबाट बचौँ, अमूल्य जीवन खेर नफालौँ, सिर्जनशील बनौँ

११ वर्षीय रमित भट्टले ११ दिन लगाएर मेची-महाकाली साइकलयात्रा गरे। उनले साइकलको अगाडि नारा लेखेका थिए- ‘स्वास्थ्य, पर्यावरण र पर्यटनका निम्ति साइकल। कुलतबाट बचौँ, अमूल्य जीवन खेर नफालौँ, सिर्जनशील बनौँ।’

मंसिर ४ गते दिउँसो मेचीपुलदेखि सुरु भएको उनको साइकलयात्रा १५ मंसिरमा महाकाली पुगेर टुंगियो, यो यात्रा एक हजार २४ किलोमिटरको थियो। रमितका सहयात्री थिए, दीपक भट्ट (रमितका पिता)। सुरुमा उनीहरू बाबुछोरा मात्रै यात्रामा निस्किएका थिए, हेटौंडाबाट उनीहरूका सहयात्री बन्न पुगे, विवेक लामा । दीपक जागिरका सिलसिलामा कुनै समय हेटौँडामा बसेका थिए, त्यतिबेला उनको लामासँग चिनजान भएको थियो। दीपक पहिला पनि विवेकसँग साइकल यात्रामा जाने गर्थे । यही सम्बन्धले हेटौंडा पुगेपछि विवेक उनीहरूको यात्रामा जोडिए।

यति लामो यात्रा गर्दा ११ वर्षीय रमित थाकेनन् ? ‘रमितले सानैदेखि साइकल चलाउँथ्यो। साइकल चलाउने रहर गरेकाले उसलाई सानैमा साइकल किनिदिएको थिएँ,’ दीपक भन्छन्, ‘साइकल चलाउन पाउँदा बच्चामा पनि ऊ निकै खुसी हुन्थ्यो।’

प्रकाशित मिति: : 2021-12-17 14:05:00

प्रतिकृया दिनुहोस्