भक्तजनले भरिएकाे दक्षिणकाली

दक्षिणकाली मन्दिर उपत्यका काठमाडौँस्थित दक्षिण भेगमा रहेको छ। याे कालीदेवीको मन्दिर हो।

दक्षिणकाली मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको इतिहासमा उल्ले छ। याे फर्पिङस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो।

चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ। मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्।

यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन्।

राजाहरू पनि यहाँ बर्सेनि वैशाखमा आफ्नो देवाली मनाउन आउँथे। यो शान्त वातावरणमा रमेको छ। त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ। 

मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन्। विकिपीडियाका अनुसार मन्दिरमा देवीको मुर्तिको मुखमै नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही बिग्रिएको देख्न सकिन्छ।

एक किंवदन्तीअनुसार नेपालका तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा देवीलाई भारतबाट ल्याई यहाँ मूर्तिका रूपमा स्थापना गरेको हुन्।

प्रकाशित मिति: : 2021-12-17 18:33:00

प्रतिकृया दिनुहोस्