मधेसबाट माटो ल्याएर काठमाडौंमा चित्र

ठूलो भित्तोलाई क्यानभास बनाइएको छ। एउटा ठूलो रूख, रूखको फेँदमा माटोको घैँटो, घैँटोसँगै माछा, रूखवरपर मन्दिर, कलश, प्वालैप्वाल भएको माटोको घैँटो बोकेर नाचिरहेका दुई महिला– यस्ता थुप्र्रै मूर्त आकृति छन् क्यानभासमा।

भित्तोमा कलात्मक चित्र सिर्जना गर्न चार महिला खटेका छन्, झिझिया गाउँदै–  

तोहरे भरोसे बरहम बाबा झिझिया बनौलिये हो
बरहम बाबा झिझियापर होइयौ न सवार बालक तोहर
झिझिया खेलाइछ हो।

४२ वर्षीया मधुमाला यी शब्द गुनगुनाउँदै घैँटो बोकेर नाचिरहेकी महिलाको आकृतिलाई पूर्णता दिँदै थिइन्।

‘यो झिझिया नाचमा गाइने लोकप्रिय गीत हो,’ मधुमालाले आफ्नो चित्रलाई माटोको लेप दिँदै भनिन्, ‘गीतको अर्थ झिझिया मनाउनका लागि माटोको घैँटा बनाउने कुमालेसँग गरिएको बातचितमा आधारित छ।’

मधुमालासँगै स्वरमा स्वर मिलाउँदै ५२ वर्षीया सुधिरा कर्ण, ५७ वर्षीया रेबकी मण्डल र ६१ वर्षीया मञ्जुला ठाकुरले चित्रलाई माटोको लेप दिँदै थिए।

प्रकाशित मिति: : 2021-12-18 16:50:00

प्रतिकृया दिनुहोस्