साफ यू-१९ फुटबल : नेपाल र भारत भिड्दै

File Photo
File Photo

साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै छन्। बंगलादेशको ढाकामा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

भारतलाई हराएर नेपाल फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छ।

नेपालले ३ खेलमा २ जितसहित ७ अंक जोडेको छ। नेपाल शीर्ष स्थानमा रहेको छ।

भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
 

प्रकाशित मिति: : 2021-12-19 10:36:00

प्रतिकृया दिनुहोस्