यःमरि पकाउने पोटासीलाई भूकम्पले फुटायो

पुरानो ठिमी, चपाचोका चन्द्रकृष्ण प्रजापति हांसी (रक्सी बनाउने माटोको भाँडा) बनाउन व्यस्त थिए। उनको आँगन विभिन्न थरीका माटाका भाँडाले भरिभराउ थियो।

‘यहाँ यःमरि पकाउने पोटासी बन्छ ?’ हामीले सोध्यौँ।

‘बन्छ तर अर्डर आए मात्र। चाहिएको हो तपाईंलाई ?’ उनले प्रतिप्रश्न गरे।

‘होइन। हेर्न र जान्नबुझ्न खोजेको मात्र।’

‘केही थान त हाम्रो भण्डारमा छ,’ उनले भने।

केहीबेरमै घरनजिकैको भण्डारबाट उनले एउटा भाँडो निकाल्दै भने, ‘यही हो यःमरि बनाउने पोटासी।’

सानो घैँटो आकारको भाँडा, पिँधमा प्वालैप्वाल। जसलाई केही वर्ष अघिसम्म नेवारहरूले यःमरि पकाउन प्रयोग गर्थे, अहिले यसलाई मःमः बनाउने धातुको भाँडाले विस्थापित गरिदिएको छ।

प्रकाशित मिति: : 2021-12-19 11:54:00

प्रतिकृया दिनुहोस्