पीरको परफ्युम प्रेम : कतारमा सिकेको सीप नेपालमा खर्चंदै

काठमाडौंको मुटु दरबारमार्गमा पीर मोहम्मद परफ्युम (अत्तर)को व्यवसाय गर्छन्। दरबार मलको भुइँतलामा उनको पसल छ– अरबियन मस्क परफ्युम।

उनको पसलको ढोकाबाहिर गोल्डेन कलरको स्ट्यान्डमा मगमग बास्ना आउने परफ्युम बलिरहेको थियो। ‘बास्ना आउने धुपजस्तै गरी परफ्युमलाई बाल्न मिल्छ,’ पीर मोहम्मद भन्छन्, ‘यसले पसललाई सुगन्ध दिइराख्छ।’

उनको पसलमा विभिन्न आकारका सिसीमा परफ्युम सजिएका छन्। उनले यहाँ परफ्युमको व्यवसाय थालेको एक महिना भयो। ‘यी परफ्युम कतारबाट ल्याएको हुँ,’ पीर भन्छन्, ‘मैले यसको उत्पादन नेपालमै गर्दैछु, अहिले हाम्रो परफ्युम कारखाना निर्माणधीन अवस्थामा छ, इमाडोलमा।’ पीरले परफ्युमसम्बन्धी ज्ञान कतारबाट हासिल गरेका हुन्।

प्रकाशित मिति: : 2021-12-20 16:04:00

प्रतिकृया दिनुहोस्