नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो।

संक्रमित वृद्ध अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको जनाएको छ।

नेपालमा यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। योसँगै नेपालमा तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भएकाे छ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा २३६ जनामा कोराना संक्रमण पुष्टि भएको छ भने २७२ जना निको भएका छन्। यस्तै २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2021-12-22 17:20:00

प्रतिकृया दिनुहोस्