थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२६ जनामा गरिएको परीक्षणमा २९३ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी पछिल्लो समय २६३ जना संक्रमणमुक्त भएका छन्।

यस्तै गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-12-23 15:56:00

प्रतिकृया दिनुहोस्