३६ वर्ष पुरानो कीर्तिमान तोड्न सगरमाथामा के गर्दैछन् यी क्रेजी पर्वतारोही ?

शिलापत्र

काठमाडौँ
File Photo
File Photo

साधारणतया हिउँ पर्ने यो याममा सगरमाथा आरोहण आक्कलझुक्कल मात्र हुन्छ। एकजना जर्मन पर्वतारोही भने आरोहणको ‘अफ सिजन’मा पनि यतिबेला सगरमाथा शिखर चुम्ने प्रयासमा छन्, एक्लै। २९ वर्षीय जर्मन नागरिक जोस्ट कोबुस पर्वतारोहणमा नयाँ आयाम थप्ने सपनासहित मानवरहित हुने याममा सगरमाथा क्षेत्रमा छन्।

पर्यटन विभाग पर्वतारोहण शाखाका शाखा अधिकृत भीष्म भट्टराईका अनुसार यो वर्षको हिउँद याममा सगरमाथा आरोहणका लागि जोस्टले मात्र स्वीकृतिका लागि प्रस्ताव गरेका थिए। गत वर्ष त यो सिजनमा कसैले पनि सगरमाथा चढ्न अनुमति नै मागेनन्। ‘अहिलेसम्म एकजनाको मात्र प्रस्ताव आएकोमा स्वीकृति भईसकेको छ। अब त अरुले चढ्दैनन् होला,’ भट्टराईले भने। 

प्रकाशित मिति: : 2021-12-24 14:53:00

प्रतिकृया दिनुहोस्