पन्ध्र वर्षमै ‘जनयुद्ध’को रापताप सेलाएका प्रचण्ड

शिलापत्र

जनक नेपाल

राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शुक्रबार स्थायी कमिटी बैठक स्थगित गरेर मसालको विद्रोही एउटा समूहलाई पार्टीमा प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘माओवादी आगो हो । आगोसँग खेल्ने दुस्साहस नगर्दै राम्रो होला भनेको थिएँ । खेल्न खोज्दा के भयो ? बालुवाटारबाट बालकोट, छवटै प्रदेशका मुख्यमन्त्री चैट ।’

नेकपा विभाजन भई माओवादी केन्द्र ब्युँतिएपछि प्रचण्डले बारम्बार आफैँले आफैँलाई आगो भनिरहेका छन् । तर, नेपाली राजनीतिमा प्रचण्ड र उनको पार्टी माओवादी केन्द्रको राप–ताप भने बिस्तारै घट्दै गइरहेको छ ।

डेढ दशकअघि सशस्त्र विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा अवतरण हुँदा प्रचण्ड शक्तिको केन्द्रमा थिए । २०६४ को संविधानसभामा प्रत्यक्षतर्फ ५० प्रतिशत सिट जितेर माओवादी संसदीय राजनीतिमा उदाएको थियो । १५ वर्षअघि केन्द्रमा रहेका प्रचण्ड अहिले पनि राजनीतिमा प्रभावी त छन् तर ‘किङमेकर’का रूपमा । उनी अरुलाई प्रधानमन्त्री बनाउन काँध थाप्नमै रमाइरहेको विश्लेषक हरि रोका टिप्पणी गर्छन् ।

प्रकाशित मिति: : 2021-12-24 21:59:00

प्रतिकृया दिनुहोस्