विराटनगरमै सिक्किमको एमजी रोड!

सेतोपाटी

मोहम्मद सदरुल

प्रदेश नम्बर १ को राजधानी विराटनगरको महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको सडकमा सुरू गरिएको सौन्दर्यकरणले यहाँको गौरव बढ्ने विश्वास बढेको छ।

सौन्दर्य हेर्न विदेशसम्म जाने तर आफ्नै देश एवम् ठाउँमा निर्माण हुँदा के को आपत्ति भन्दै विराटनगर महानगरपालिकाले प्रश्न उठाएको छ। यो हिमालय रोडको सौन्दर्यकरणले विराटनगरको मात्र होइन प्रदेशकै गौरव बढ्ने विश्वासले महानगरपालिकाले योजना अघि सारेर काम सुरू गरेको बताइएको छ।

भारतको सिक्किममा एमजी रोडबाट प्रशिद्धि कमाएको सिक्किम जाने पर्यटक घण्टौं एमजी रोडमा विश्राम गरेर मनोरञ्जन लिइरहेका हुन्छन्। अहिले सो झल्को दिने विराटनगर महानगरपालिकाले हिमालय रोडको सौन्दर्यकरणका लागि सुरू गरेको अभियानका विषयमा अतिरञ्जित गर्न खोजिएको जनाइएको छ।

महानगरपालिकाले परियोजनाका विषयमा सरोकारवाला नागरिक र स्थानीयसँग पर्याप्त छलफल गरेर नै यो कार्यक्रम ल्याएको जनाएको हो।विराटनगरको ऐतिहासिक महत्व बोकेको तथा जनआन्दोलन रोडका रुपमा समेत पहिचान बनाएको उक्त रोडको गरिमा अझ बढ्ने गरी ब्युटिफिकेसन गर्न लागिएको महानगरको भनाइ छ।

प्रकाशित मिति: : 2021-12-25 12:23:00

प्रतिकृया दिनुहोस्