सम्पदा सुरक्षा : चाँगुनारायणमा लापरबाही त गर्दै छैनौँ ?

चाँगुनारायण परिसरको गेटमा लेखिएको छ, ‘पुर्खाले सिर्जेको कला भावी पुस्ताका लागि बचाएर राखौँ । तपाईंले प्रयोग गर्ने केमिकलले मूर्तिको आयु घट्दै छ।’

गत शनिबार मन्दिर परिसरभित्र छिर्दा भने कुनै मूर्ति झाडीले छोपिएका थिए, कुनै पुनर्निर्माणका लागि ल्याइएका काठले । सत्तल पनि जस्तापाताले घेरिएका थिए।

विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा दैनिक सैयौँ स्वदेशी तथा विदेशी पर्यटक आउँछन्, दर्शन र भ्रमणका लागि। पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार, २०७२ को भूकम्पले क्षतिग्रस्त यस मन्दिरको पुनर्निर्माण कार्य लगभग सकिएको छ, अब परिसरमा सत्तल पुनर्निर्माण कार्य मात्र बाँकी छ। असारसम्म सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य छ। ‘सत्तल पुनर्निर्माणका लागि सम्झौता रकम १८ करोड रहेको छ भने भौतिक प्रगति करिब ६० प्रतिशत सम्पन्न भएको छ,’ उनी भन्छन्। 

प्रकाशित मिति: : 2021-12-26 12:36:00

प्रतिकृया दिनुहोस्