लुम्बिनी प्रदेशस्तरीय आईटिएफ तेक्वान्दोे प्रतियोगितामा दाङ आईटिएफ तेक्वान्दो संघ च्याम्पियन बनेको छ।
प्रतियोगितामा १२ स्वर्ण, ४ रजत र ४ काश्य गरी २० पदक जित्दै प्रतियोगितामा दाङको टिम च्याम्पियन बनेको हो। च्याम्पियन बनेको दाङले मेडलसँगै प्रथम ट्रफि र प्रमाणपत्र जित्न सफल बनेको छ।
त्यसैगरी ९ स्वर्ण, ५ रजत र ६ काश्य गरी २० पदक जित्दै प्रतियोगिता बाँके आईटिएफ तेक्वान्दोको टिम दोश्रो बनेको थियो। प्रतियोगितामा दोश्रो बनेको बाँकेले मेडल, द्धितिय ट्रफिसँगै प्रमाणपत्र आफ्नो कव्जामा पार्न सफल भयो।
२ स्वर्ण, २ रजत र ६ काश्य गरि १० पदक जित्दै गुल्मी जिल्ला आईटिएफको टिम तेश्रो स्थानमा चित्त बुझाएको थियो। तेस्रो बनेको गुल्मीको टिमले मेडल, प्रमाण पत्रसहित तृतीय ट्रफि जित्यो।
प्रतियोगितामा बर्दियाको टिमले १ स्वर्ण, ५ रजत र ७ काश्य गरि १३ पदक, प्युठानको टिमले १ स्वर्ण, ३ रजत र ७ काश्य गरी ११ पदक, अर्घाखाँचीको टिमले ३ रजत र १० काश्य गरी १३ र कपिलवस्तुले ३ रजत र १० काश्य गरि १२ जित्न सफल भए। दुई दिनसम्म चलेको प्रतियोगितामा महिलातर्फ दाङकी आयुष्मा गिरी र पुरुषतर्फ बाँकेका सोनु केवत उत्कृष्ट खेलाडी बन्न सफल भए।
उत्कृष्ट बनेका खेलाडीलाई नगदसहित ट्रफि, र सम्मानपत्र प्रदान गरिएको दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा प्युठान जिल्ला आईटिएफ तेक्वान्दो संघको टिम अनुसाशीत टिम बनेको छ।
प्रतियोगिता घोराही उपमहानगरपालिका–१४कवर्ड हलमा भएको थियो। प्रतियोगितामा प्रदेशका २ सय ८० बढी खेलाडीको सहभागिता रहेको थियो।