सिन्धुपाल्चोकको चौतारमा पहिलो पटक चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथन हुने भएको छ। चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा २४ पुसमा ५ विधामा हाफ म्याराथन हुन लागेको हो।
प्रतियोगितामा पुरुष र महिला तथा ४० देखि ५५ वर्षसम्मको भेट्रान्स पुरुष , महिला र ५५ वर्षमाथिका ‘सुपर भेट्रान्स’ हुनेछ।
आयोजकले पत्रकार सम्मेलनमार्फत भेट्रान्सतर्फको सबै इभेन्ट १५ किलोमिटरमा हुने बताएका छ। हाफ म्याराथनको पुरुष विजेताले ४४ हजार ४४४ तथा महिला तर्फकोले २२ हजार २२२ पाउनेछन्।
प्रतियोगिताको दौड साँगाचोकगढीबाट सुरु भई उल्केनी, ईर्खु, मेलचौर, चौतार हुँदै टुडिखेल आएर टुंगिनेछ।