श्रीनगरकाे यात्रासँगै 'डल'माथि हाउसवोटको रौनक [फाेटाे फिचर]

Photo: PTI
Photo: PTI

श्रीनगरको डल तालमा हाउसवोटहरू पाइन्छ, घर झैँ देखिने उक्त डुगांमा बसेर नौका विहार गर्न सकिन्छ। तर पछिल्ला वर्षहरूमा भएको द्धन्द, कोभिड–१९ सङ्क्रमण जोखिम अनि तालमा ढलको पानी मिसिने समस्याका कारणले तालको मनोरमता र त्यहाँ आउने पर्यटकको सख्या प्रभावित थियो।

श्रीनगरको आम्दानीको मुख्य श्रोत नै पर्यटन हाे– जुन पछिल्ला वर्षहरूमा असाध्यै प्रभावित भयो। तर अहिले आएर भने श्रीनगरमा पर्यटकहरूको आगमन उल्लेख्य रूपमा बढेको छ। श्रीनगरका शिखरा अर्थात् हाउसवोटका सञ्चालकहरू यसरी पर्यटकहरू आएको अवसरलाई सकेसम्म धेरै प्रयोग गर्दै आफ्नो पछिल्ला वर्षका घाटाहरूलाई क्षतिपूर्ति गर्न तल्लीन देखिन्छन्।

श्रीनगरको डल र नगिन तालमा गरेर कुल ९२८ हाउसवोटहरु सञ्चालनमा छन्, केही डुगांहरू सञ्चालन हुन नपाएर डुबे भने केही डुगांहरू पानीको बहावमा बगेर पनि गए यद्धपि अब फेरि हाउसवोटको रौनक फर्केको छ।

एउटा हाउसवोटका मालिक मोहम्मद रफिकका अनुसार अहिले पर्यटकहरूको आगमनले अवस्था उत्साहजनक छ, बिग्रेका हाउसवोटहरु मर्मत गर्न सरकारले पनि सहयोग गरेको छ।

डुगांको सरसफाईको विषयमा मुम्बईबाट गएकी पर्यटक डाक्टर भाग्य श्रीले कोभिडपछि यी डुगां हरुको सरसफाइ झनै संवेदनशील रहेको बताइन्। अर्को हाउसवोटका मालिक तारिक अहमदका अनुसार सन् १९८९ बाट यी डुगां हरुको सञ्चालनमा कठिनाइ आउन थालेको हो, त्यसअघि १२०० भन्दा धेरै हाउसवोटहरु दर्ता गरिएको थियो।

प्रकाशित मिति: : 2021-12-31 09:19:00

प्रतिकृया दिनुहोस्