राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबारदेखि

File Photo
File Photo

नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा शनिबारदेखि प्रथम ‘आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ’ प्रतियोगिता हुने भएको छ।

बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा हेभी वेट, हार्डकोर, मिडल वेट, ट्याग टिम र लाइट वेट खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।

हेभी वेट च्याम्पियनले रु ८० हजार, हार्डकोर च्याम्पियनले रु ६० हजार, मिडल वेट च्याम्पियनले रु ५० हजार, ट्याग टिम च्याम्पियनले रु ४५ हजार र लाइट वेट च्याम्पियनले रु २५ हजार पुरस्कार पाउने छन्। प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका–१३ ले सहयोग गरेको छ। प्रतियोगिता सञ्चालन गर्न रु १५ लाख खर्च लाग्ने बताइएको छ। जलवायु दिवसको उपलक्ष्यमा दोस्रो आरडब्लु विन्टर स्लाम सिन्धुपाल्चोकको वुफडाँडामा आइतबारदेखि हुने श्रेष्ठले जानकारी दिए।

जिल्ला विकास समन्वय समिति सिन्धुपालचोक र नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो। हेभी वेट च्याम्पियनले रु ७५ हजार, हाडकोर च्याम्पियनले रु ६५ हजार, मिडल वेट च्याम्पियनले रु ४० हजार, ट्याग टिम च्याम्पियनले रु ४० हजार र लाइट वेट च्याम्पियनले रु ३५ हजार पुरस्कार पाउनेछन्। उक्त प्रतियोगिताको अनुमानित लागत रु १० लाख रहेको छ। 

प्रकाशित मिति: : 2021-12-31 15:47:00

प्रतिकृया दिनुहोस्