महिलाको मर्यादा नराख्ने सामग्री मिडियामा किन आउँछन् ?

गत मंसिर २० मा प्रेस काउन्सिल नेपालले मिडिया आचार संहिता जागरण कार्यक्रम गरेको थियो। काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले मिडियाले कस्तो सूचना सम्प्रेषण गर्नुपर्ने हो तर कस्तो समाचारलाई प्राथमिकता दिइरहेको छ भन्ने विषयमा आचारसंहिताबारे मिडिया प्रतिनिधिलाई जानकारी गराएका थिए।

‘महिला उत्तरदायी सञ्चार निर्देशिका’ बमोजिम ‘सञ्चार माध्यमले महिलाको मर्यादापूर्ण जीवनको सुनिश्चितता, लिंगका आधारमा गरिने कुनै पनि प्रकारका विभेदको अन्त्य’लाई  ध्यानमा राखी समाचार सम्प्रेषण हुन नसकिरहेको उनको भनाइ थियो।

उनले आफ्नो कार्यपत्रमा केही समाचारका हेडलाइन प्रस्तुत गरेका थिए, जसमा ‘महिला उत्तरदायी सञ्चार निर्देशिका’को उल्लंघन भएको स्पष्ट देखिन्थ्यो। 

प्रकाशित मिति: : 2022-01-02 11:49:00

प्रतिकृया दिनुहोस्