फिल्म फ्लपपछि डिप्रेसनमा पुगेका निर्देशककाे 'कमब्याक'

शिलापत्र

काठमाडौँ

‘योचाहिँ नलेख्नू, अफ द रेकर्ड हो!’

बोल्दाबोल्दै निर्देशक यादवकुमार भट्टराई आग्रह गर्छन्।

बेडसँगै जोडिएको भित्तामा अडेस लागेर सिरक ओढिरहेछन् उनी। रेकर्ड अफकाे ‘सिग्नल’ दिएपछि यादव आफ्ना केही थान धोका, अपमान र व्यवधानका कथा सुनाउन थाल्छन्। जुन ‘झोला’ फिल्म निर्माणताका उनले ब्यहोर्नुपरेको थियो।

‘झोलालाई बदनाम गराउनु हुन्न। बरु यसका सबै विष मै पिउन तयार छु,’ टप सेक्रेट कुराहरू सुनाइसकेपछि उनी वाण आफैँतिर तेर्स्याउँछन्। स्वभावै रहेछ उनको- कमजोरीहरू स्वीकार्ने। र, गल्तीहरूमाथि निर्मम समीक्षा गर्ने। उनी आफैँमाथि कटु समीक्षा गर्न थाल्छन्।

अघिल्लोे दिन परेको ‘हिउँदे वर्षा’ले स्याङ्जाको गल्याङ बजार चिसिएको छ। बुधबार तय भएको स्यालबास यात्रा पानीकै कारण गल्याङ बजारमा पुगेर रोकियो । यात्रामा पत्रकार टोलीलाई नेतृत्व गरिरहेका थिए, निर्देशक यादव। र, त्यो चिसो रात रमाइला किस्सा र संवादसँगै न्यायो बनेर बित्यो। 

प्रकाशित मिति: : 2022-01-05 10:28:00

प्रतिकृया दिनुहोस्