यस्तो छ आज सुनचाँदीको मूल्य

File Photo
File Photo

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै बिक्रीदरमा आज सुनको मूल्य निर्धारण भएको छ।

महासंघले आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको जनाएको छ।

तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक सय रुपैयाँ निर्धारण भएको छ। यो साताको भाउ हेर्दा सुनको मूल्यमा बारम्बार घटेको अवस्था सिर्जना भएको देखिन्छ। यसअघि, बिहीबार छापावाल सुन तोलाको ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार छापावाल सुन तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको भाउ पनि प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2022-01-09 11:21:00

प्रतिकृया दिनुहोस्