अब एसइई होला कि नहोला? सधैंलाई खारेज पो गर्ने कि!

सेतोपाटी

काठमाडौँ

एसएलसीलाई कुनै समय 'फलामे गेट' भनिन्थ्यो। अहिले एसएलसीको नाम बदलेर एसइई राखिएको छ, तै पनि यसलाई फलामे गेटकै रूपमा लिने मानसिकता बदलिएको छैन।

कुनै पनि परीक्षालाई स्वाभाविक रूपमा लिनुपर्नेमा राष्ट्रिय स्तरको एसइईले भने विद्यार्थी र अभिभावक दुवैको निम्ति मानसिक दबाब उत्पन्न गर्दै आएको छ। जुन घरमा एसइई दिने विद्यार्थी छन्, त्यो घर, उसको परिवार, नातागोता र छरछिमेकै लागि यो परीक्षा वर्षभरि नै चासोको विषय बन्छ।

यसपालि फेरि देशभरका कक्षा १० का विद्यार्थी एसइई भनिने माध्यमिक शिक्षा परीक्षाको तयारीमा छन्। विगतमा जस्तै फलामे गेट पार गर्नुपर्ने चुनौती आफ्नो ठाउँमा छँदैछ, त्यसमाथि केही चुनौतीहरू थपिएका छन्।

परीक्षा आउन अब जम्मा तीन महिना बाँकी छ। तर अधिकांश विद्यालयले पाठ्यक्रमअनुसार पूरा पढाइ भ्याएका छैनन्।

प्रकाशित मिति: : 2022-01-10 12:14:00

प्रतिकृया दिनुहोस्