त्रियुगा उद्योग वाणिज्य सङ्घ अध्यक्षमा विश्वकर्मा

त्रियुगा वाणिज्य उद्योग सङ्घ उदयपुरको छैटौँ साधारणसभाले सोमबार रमेस विश्वकर्माको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ।

सोमबार गाईघाटस्थित रामजानकी प्यालेस सभाहलमा सञ्चालन भएको साधरणसभाले विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटले जनाएको छ।

वरिष्ठ उपाध्यक्षमा पर्शुराम चौधरी, द्वितीय उपाध्यक्षमा नवीन बस्नेत, महासचिवमा दिनेश श्रेष्ठ, सचिवमा अनुपम अनुराग गुप्ता, कोषाध्यक्षमा टीका श्रेष्ठ चयन हुनुभएको सङ्घका संस्थापक अध्यक्ष रत्नबहादुर श्रेष्ठले बताएका छन्।

सदस्यमा सरोज बस्नेत, रुद्र बस्नेत, दीपेन्द्र श्रेष्ठ, वैद्यनाथ साह, हीरा साह, श्रवण चौधरी चयन हुनुभएको नवगठित समितिका अध्यक्ष विश्वकर्माले बताए।

पाँच वर्षदेखि विभिन्न प्राविधिक कारण उक्त सङ्घको साधरणसभा हुन नसके पनि यसपटक सफल सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गर्न सफल भएको संस्थापक अध्यक्ष श्रेष्ठले जानकारी दिए।

नवनिर्वाचित अध्यक्ष विश्वकर्माले अब आफ्नो नयाँ कार्यसमितिले जिल्लाका व्यापारीका भोग्नु परिरहेका विभिन्न समस्या पहिचान गरेर समाधान गर्नेतर्फ पहल गर्ने प्रतिबद्धता जनाए। 
 

प्रकाशित मिति: : 2022-01-11 09:55:00

प्रतिकृया दिनुहोस्