बागमती किनार : पहिले फोहोरको डंगुर, अहिले रेस्टुरेन्टको लहर

शिलापत्र

काठमाडौँ

काठमाडौंको शंखमुलबाट बागमती कोरिडोर हुँदै तिनकुने निस्किँदा सडकको दायाँतिर भेटिन्छन् चियावाला। पुराना भाँडाकुँडाले सजिएका चियावालामा चिया खानेहरूको भिड पनि उस्तै देखिन्छ। छेवैमा बगिरहेको बागमती किनारामा खोलिएका क्याफेमा ‘पुराना र बिग्रिएका घरायसी सामान, ग्याजेट्सलाई नपत्याउँदो शैलीमा आकर्षक रूपमा सजाइएको भेटिन्छ। काठका मुढाहरूको बीचमा बिग्रिएको वा पुरानो टीभी वा डेस्कटपको स्क्रिनतिरको भागलाई चिया राख्ने टेबुल बनाइएको उक्त क्याफेमा चिया खानेको उपस्थिति पनि बाक्लै देखिन्छ।

क्याफे अघिल्तिरै भेटिने हरियाली पार्कले पनि चियापारखीलाई चियावालामै पुर्‍याउने गरेको सञ्चालक गणेशदेव पाण्डे बताउँछन्। फिल्म निर्देशनमा रमिरहेका पाण्डे बागमतीमा नै क्याफे खोल्ने सोच बनाउनुमा प्रमुख कारण यहाँ बढ्दै गएको मानिसको आकर्षणलाई नै मान्छन्।

२०७५ सालमा चलचित्र निर्देशक पाण्डेले एक दशकअगाडि देखेको फोहोरको डंगुरमा चियापसल खोल्ने हिम्मत गरेका थिए। नगरुन् पनि किन, हिजोको फोहोरको डंगुर पार्कमा जो परिणत भएको थियो।

प्रकाशित मिति: : 2022-01-11 10:24:00

प्रतिकृया दिनुहोस्