अन्जना लुकेर घरमा बस्थिन्, आमा साइकलमा राखेर फुटबल मैदान पुर्‍याउँथिन् (भिडिओ)

सेतोपाटी

काठमाडाैं

गोलकिपर अन्जना राना मगर पछिल्लो ५ वर्षदेखि राष्ट्रिय फुटबल टिममा छिन्। १४ वर्षको उमेरमै राष्ट्रिय टिममा परेर ‘कान्छी फुटबलर’को नामले चर्चित बने पनि अन्जनाले अवसर भने बिरलै प्राप्त गरिन्।

राष्ट्रिय टिमको बेञ्चमै सीमित बनिरहँदा अन्जनाले आफ्नो क्षमता देखाउन मौका कुरिरहेकी थिइन्। मौकाको खोजीमा रहेकी अन्जनाले सन् २०२१ को अन्त्य भने यादगार बनाइन्।

सिनियर राष्ट्रिय टिममा संघर्ष गरेकी १९ वर्षीया अन्जनाले २०२१ को डिसेम्बरमा नेपाली यू-१९ टिमको कप्तानी गर्ने मौका पाइन्। बंगलादेशमा भएको यू-१९ महिला साफ च्याम्पियनसिप जित्ने धोको पूरा नभए पनि उनले आफ्नो क्षमता देखाउँदै सबैको ध्यान खिचिन्।

प्रकाशित मिति: : 2022-01-11 17:23:00

प्रतिकृया दिनुहोस्