आमाका अन्तिम शब्द

परिवारका सदस्य, आफन्त वा हितैषीले मर्ने बेला भनेका शब्दलाई हाम्रो समाजमा महत्त्वपूर्ण मानिन्छ। अझ आमाबुवाका शब्दका कुरै भएन– ज्ञान, आशीर्वाद र वरदान नै हुन्छन्। बनेपा नगरपालिकाकी उप–प्रमुख रेखा सापकोटा दाहाल पनि आमाका अन्तिम शब्दकै शक्ति र ऊर्जामा अगाडि बढिरहेकी छन्।

एसएलसी टेस्टको एक दिनअघि रेखाकी आमाको निधन भयो। उनी टेस्टको तयारीका लागि ट्युसन पढ्न गएकी थिइन्, आमाको स्वास्थ्य बिग्रेको खबर पाएपछि नपढी घर फर्किन्। नपढी आएको देखेर आमाले उनलाई भनिन्, ‘किन आएकी पढ्न छाडेर ? तिमी त पढेर ठूलो मान्छे बन्नुपर्छ। मेरो सन्तानमा एसएलसी कसैले पास गरेको छैन, तिमीले जसरी पनि पास गर्नुपर्छ, समाजसेवा गर्नुपर्छ।’

अझै पनि रेखा आमाका ती अन्तिम शब्द सम्झेर भावुक हुन्छिन्। त्यस रात पनि आमाले रेखाको हात बुहारी (रेखाकी भाउजू)को हातमा राखेर भनिन्– तिमी धेरै पढेर हजुरबुवा र बुवाजस्तै समाजसेवामा लाग्नुपर्छ। 

प्रकाशित मिति: : 2022-01-13 13:49:00

प्रतिकृया दिनुहोस्