‘अनलाइनबाटै पूर्ण रूपमा काम गर्ने प्रविधि भित्रिएको छैन, त्यसैले लाइनमा पनि बस्नुपर्छ’

साँखुकी सिर्जना महर्जन बिहीबार दिउँसो यातायात व्यवस्था कार्यालय चावहिल परिसरमा लाइनमा उभिइएकी थिइन्। सात महिनाअगाडि अनलाइनमार्फत फाराम भरेर ‘भिजिट डेट’ (कार्यालय जाने दिन) तोकेपछि उनी कार्यालय आएकी हुन्।

‘बिहान ७ बजे आएर टोकन लिएकी हुँ,’ टोकन नम्बर ८७ देखाउँदै उनले भनिन्, ‘१ बजेसम्म पालो आएको छैन।’

यातायात व्यवस्था कार्यालय चावहिलकी सूचना अधिकारी नविना रिजाल अनलाइन फाराम भरे पनि ‘बायोमेट्रिक’का लागि कार्यालय आउनुपर्ने नियम रहेको बताउँछिन्। ‘अनलाइन फाराम भर्ने नियमले सहज बनाएको छ तर सबै काम अनलाइनबाटै हुने प्रविधि भने आइसकेको छैन,’ सूचना अधिकारी रिजाल भन्छिन्, ‘पहिले फाराम भर्नै घन्टौँ लाइनमा बस्नुपथ्र्यो। अनलाइनले केही सुविधा त दिएकै छ।’

प्रकाशित मिति: : 2022-01-14 14:09:00

प्रतिकृया दिनुहोस्