फेरिएका विमल

खेलाडीको करियरमा निकै गम्भीर मानिने एसीएल (एन्टेरिएर क्रुसिएट लिगामेन्ट)को शल्यक्रियापछि मैदानमा पुनरागमन गरेको पहिलो खेलमा १५ मिनेट, त्यसपछि २९ मिनेट मैदानमा बिताएका फरवार्ड विमल घर्तीमगर अहिले आफ्नो उच्च फर्ममा देखिएका छन्। हिजो आइतबार ब्रिगेड ब्वाइजविरुद्ध पनि पूरा ९० मिनेट बिताएका विमलले २ गोल गरे।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु हुने सातामा नै यस किसिमको प्रदर्शनले उनको राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावनालाई बलियो पार्न सक्छ। विमल आफैंले बीबीसीविरुद्ध खेलेपछि आफू बिस्तारै खेलमा फर्कन सफल भएको बताए। ‘रिकभरीको कुरा गर्दा बिस्तारै फर्कंदै छु। सुरुको खेलमा १५ मिनेट खेल्दै आएकोमा अहिले ९० मिनेट खेल्न सक्ने भएको छु। त्यस्तो समस्या केही पनि छैन,’ उनले भने।

‘मेरो कमब्याक भन्दा पनि हामी मछिन्द्र क्लबले जित हासिल गरेका छौं। मभन्दा पनि टोलीको प्रदर्शनले गर्दा नै मेरो राम्रो कम्ब्याक हुन सकेको हो।’ उनले थपे। राष्ट्रिय टोलीमा कमब्याक गर्ने’bout पनि विमलले सकारात्मक अभिव्यक्ति दिए। ‘मलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको छ। आफूले सक्दो राम्रो प्रयास गर्नेछु। राष्ट्रिय टोलीमा पुनरागमन गर्न चाहन्छु,’ उनले भने। उनले आफूमा परिवर्तन आएको हो भन्ने प्रश्नमा भने हास्दै जवाफ दिए, ‘म मान्छे त त्यही नै हो, बानी परिवर्तन भएको छ।’

प्रकाशित मिति: : 2022-01-17 13:13:00

प्रतिकृया दिनुहोस्