यस्तो नामकाे गाउँः जहाँका स्थानीय बोल्नै लजाउँछन्, फेसबुकमा लेखे ब्लक खान्छन्

File photo
Photo: unilad.co.uk

आफू वा आफ्नो पूर्खा जन्मे–हुर्केको गाउँ, गाउँ मात्रै होइन पहिचान पनि हो। जहाँ पुग्छौँ– गाउँको परिचय दिन्छौँ। गर्वका साथ आफ्नो गाउँको बारेमा मानिसहरूलाई बताउँछौँ।

तर संसारमा एउटा यस्तो गाउँ छ, जहाँको नाम स्थानीयहरू लिन चाहँदैनन्। उनीहरू गाउँको नाम सुन्दैमा लजाउँछन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्थानीयले गाउँको नाम फेर्न खोजेका छन्।

गाउँको नाम यस्तो छ, जुन सामाजिक सञ्जालमा लेख्न पनि सकिँदैन। डेली मेलले प्रकाशित गरेको समाचारअनुसार गाउँको नाम फक्के (Fucke) हो। यो गाउँ स्वीडेनमा अवस्थित छ। गाउँको नाम एउटै छ।

जसलाई सार्वजनिक रुपमा बोल्नु–लेख्नु राम्रो मानिँदैन। गाउँकाे नामलाई लिएर सामाजिक सञ्जालमा सेन्सरशिप छ। यदि यो नाम लेख्नुभयो भने तपाईको आईडी नै ब्लक हुनेछ।

गाउँको नाम परिवर्तन गर्नका लागि स्थानीयहरूले निवेदन समेत दिएका छन्। स्वीडेनको सांस्कृतिक वातावरण ऐन अन्तर्गत मात्रै गाउँको नाम फेर्न सकिन्छ। यहाँको संस्कृति विभागले सम्पूर्ण तथ्यको मध्यनजर गरेर गाउँको नाम परिवर्तन गर्ने बताएको छ।

फक्के गाउँ इतिहाससँग जोडिएको सुखी र शान्त मानिन्छ। तर यो नामका कारण उनीहरूले धेरै दुःख भोग्नु परेको छ। चाहेर पनि सामाजिक सञ्जालमा आफ्नो गाउँको नाम लेख्न सक्दैनन्।

प्रकाशित मिति: : 2022-01-20 16:46:00

प्रतिकृया दिनुहोस्