कोरोना संक्रमितलाई आफैं एम्बुलेन्स चढाएर आइसोलेसन पुर्‍याउने मेयरको नगर

स्थानीय भन्छन्- यही गतिमा काम भए उनका बाचा र हाम्रा सपना छिट्टै पूरा होलान्

सेतोपाटी

काठमाडौँ

दुई साताअघि हरिवन बजार, सर्लाहीको एउटा चियापसलमा पसलेलाई भ्याइनभ्याइ थियो। सबै कुर्सी ग्राहकले भरिएका थिए।

तिनैमध्ये एक थिए हरिवन नगरपालिका-४ का अशोक सिंह, जो साथीहरूसँग गफिँदै चिया खान त्यहाँ आइपुगेका थिए।

उनीहरूले चियाको सुर्की लगाउँदै गफ गरिरहेका बेला म समूहमा मिसिएँ।

कुराको मेसो निकाल्न मैले भनेँ, 'तपाईंहरूको नगर त बदलिसकेछ नि!' अरू सबै मुसुक्क हाँसे मात्र, बोलेनन्। अशोकले भने मेरो कुरामा सही थाप्दै भने, 'निकै फेरिएको छ। सडक पक्की बनेका छन्। बजार बढेको छ। पार्क बनेका छन्। अस्पतालमा राम्रो सेवा पाइन्छ। सिँचाइ गर्न बोरिङ गाडिएको छ। हरेक टोलको रूपरंग बदलिएको छ।'

प्रकाशित मिति: : 2022-01-23 10:15:00

प्रतिकृया दिनुहोस्