३०० ले घट्याे सुनको मूल्य

File Photo
File Photo

साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३०० ले घटेको छ। गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा चालु साताको पहिलो दिन आइतबार तोलामा ३००ले घटेर छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघअनुसार  गत साताको अन्तिम दिन शक्रबार  छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा  कारोबार भएको थियो।

यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ। चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: : 2022-01-23 11:04:00

प्रतिकृया दिनुहोस्