मच्छिन्द्रसँग संकटा पराजित

photo :rss
photo :rss

मछिन्द्र क्लव पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार पोखरा रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनल प्रवेश गरेको हो।

मछिन्द्रको जितमा मेसुके ओलामोउले २ तथा उत्सव राई र अभिषेक गुरुङले १-१ गोलको योगदान दिए।

संकटाका लागि गणेश हमालले सान्त्वना गोल फर्काए। खेलको १३ औं मिनेटमा उत्सवको गोलबाट अघि बढेको मछिन्द्रका लागि ४७ ओैं मिनेटमा मेसुकेले दोश्रो गोल गरे। खेलको ६३ औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए। अभिषेकले ८४ औं मिनेटमा र ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो तथा टीमका लागि चौंथो गोल हिर्काए।

मेसुके म्यान अफ दी म्याच भए । मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2022-01-24 18:59:00

प्रतिकृया दिनुहोस्