‘खुलेर आफू गे हुँ भन्न सक्ने भएदेखि खुसी छु’

काठमाडौं आएदेखि अनुज पिटर राईले आफू गे (समलिंगी पुरुष) भएको थाहा पाइसकेका थिए । एकपटक फेसबुकमा कुराकानी गर्दागर्दै उनी एक पुरुषसँग आकर्षित हुन पुगे, ती पुरुष पनि गे थिए । 

उनीहरूबीच भेट्ने निधो भयो । ‘हाम्रो फस्र्ट डेट काठमाडौं मलमा भएको थियो । तर अरुले हामीलाई देख्लान्, के भन्लान् भनेर एकअर्काको नजिकै परेनौँ । जहाँ जाँदा पनि टाढा–टाढा भएर हिँडेका थियौँ,’ अनुज भन्छन्, ‘वसन्तपुरमा गयौँ, त्यहाँ पनि कसैले देख्ला, सुन्ला भनेर सानो स्वरमा बोलेका थियौँ । अहिले त्यो कुरा सम्झँदा हाँसो लाग्छ । हामीले किन त्यस्तो गरेका हौँला भन्ने लाग्छ ।’

केही समय प्रेम सम्बन्धमा रहेका उनीहरू कारणवश छुट्टिए । अहिले उनीहरू एकअर्काको सम्पर्कमा छैनन् । 

प्रकाशित मिति: : 2022-01-25 20:29:00

प्रतिकृया दिनुहोस्