थप ८४५४ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु 

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ।

 १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ड हजार ४५४ जनामा कोरोना पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा  ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन्। जसकारण हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: : 2022-01-26 16:39:00

प्रतिकृया दिनुहोस्