कसरी बनिरहेका छन् कम्युनिस्ट कार्यकर्ता बेचल्तीका टक्का?

पहिलोपोष्ट

काठमाडाैँ

कुनै बेला, सिद्धान्त, आदर्श र सेवा मूलबाटो थियो राजनीतिको। सिद्धान्त र आदर्शका लागि मान्छेहरू मर्न डराउँदैनथे। त्यसैले सिद्धान्त र आदर्शको जीवन बिताएका पुष्पलाल, वीपी, मदन भण्डारी, गणेशमान, मनमोहनलाई आज पनि श्रद्धाले सम्झिन्छन् मानिसहरु।

त्यस्तै आदर्श र इमानको मृत्युवरण गर्ने गंगालाल, धर्मभक्त, दशरथचन्द, शुक्रराज, कृष्ण सेन र क्याप्टेन यज्ञबहादुर थापाहरू नेपालको आकासमा कहिल्यै नअस्ताउने नक्षत्र भएर चम्किरहेका छन्। हामी गर्व गर्छौ हाम्रा अग्रजप्रति, उनीहरुको त्याग, बलिदान र इमानप्रति।

तर, आज देशमा विचार र इमानको खडेरी छ। कुनै बेला विचार, आदर्श र इमानको पाठशालाका रुपमा चिनिएका राजनीतिक दल आफैँ इमानको खडेरीले मुर्झाएका छन्, चाउरिएका छन्।

प्रकाशित मिति: : 2022-01-27 09:24:00

प्रतिकृया दिनुहोस्