जब केकीले रिमालाई हर्जना तिराइन्

एक साता भो नायिका केकी अधिकारी आइसोलेसनमा बसेको। कारोना संक्रमण भएपछि घरमा ‘आइसोलेट’मा रहेकी केकीका लागि कोरोना संक्रमण थकाइ मार्ने अवसर बन्यो। संक्रमणकालीन अवस्थालाई पनि उनले उपलब्धिका रूपमा लिइन्। दुई दिनअघि मात्रै महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘म्हेन्दु’ पढिन्। २०१५ सालमा प्रकाशित सो खण्डकाव्य अन्य कृतिभन्दा कम चर्चा पाएको कृति मानिन्छ। मुनामदन, कुञ्जिनी, मैनाको तुलनामा कम चर्चा पाएको सो कृति उनले बाबा (निर्देशक बद्री अधिकारी)को सिफारिसमा पढेकी थिइन्।

‘देवकोटाका अन्य पुस्तकहरू पढे पनि ‘म्हेन्दु’ पढेको थिइनँ। बाबाको सिफारिसमा पढें,’ उनले भनिन्। अन्य कृतिको तुलनामा ‘म्हेन्दु’ बुझ्न अलि समय लागेको उनले सुनाइन्।

हरेक किताबका आआफ्नै विशेषता हुन्छन् भन्ने बुझेकी केकी कुनै पनि किताब पढ्नुअघि पुस्तकका विषयमा बाबासँग राय लिन्छिन्। ‘म किताब पढेर रिक्स लिन सक्दिनँ। त्यसकारण बाबालाई सोधेर मात्रै पढ्छु,’ उनले भनिन्।

प्रकाशित मिति: : 2022-01-30 10:58:00

प्रतिकृया दिनुहोस्