नेपाल क्रिकेट संघ क्यान ले रघुराम श्रीनिवासलाई नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको छ।
क्यानले सोमबार श्रीनिवासलाई आईसीसी टी-२० विश्वकप छनोटका लागि फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा जोडिएको जनाएको हो। श्रीनिवासले अष्ट्रेलिया क्रिकेटको हाइ पर्फमेन्स लेभल ३ प्रशिक्षक हुन्। श्रीनिवासले मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकाको क्रिकेट टिममा सँगै काम गरेका थिए।‘प्रशिक्षक श्रीनिवासले अमेरिकामा मसँगै काम गरेका छन् । उनी उर्जावान फिल्डिङ प्रशिक्षक हुन,’ पुबुदुले भने। नेपाली टोली ओमानमा आयोजना हुने प्रतियोगिताको लागि तयारीमा छ। नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो पटक खेल्दै छ।